मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरिँदै

2021-02-14
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरिँदै

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ । 

नेपाल राष्ट्र बैंकको प्रवक्ता डा. गुणाकर भट्टले आज साझ ७ बजे मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरिन लागिएको जानकारी दिएका हुन् । 

उनले मौद्रिक नीतिको मध्यावधि समीक्षा तयार भईसकेको र बोर्डले पास गरेपछि सार्वजनिक गर्ने तयारी भईरहेको जानकारी दिएका छन् । मौद्रिक नीतिमा हुन सक्ने सम्भावित नीतिगत परिवर्तनलाई लिएर अर्थविद्, सेयर लगानीकर्ता र आम जनता व्यग्र प्रतिक्षामा रहेका छन् ।  

 


Share this with your friends: