युनाइटेड फाइनान्सले लाभांस वितरण नगर्ने

2020-12-10
युनाइटेड फाइनान्सले लाभांस वितरण नगर्ने

काठमाण्डौ । युनाइटेड फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांस वितरण नगर्ने भएको छ। कम्पनीको हिजो(मंसिर २४ गते) बसेको सञ्चालक समितिको २५५ औँ बैठकले आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट लाभांस वितरण नगर्ने निर्णय गरेको हो। 

कम्पनीले संस्थाको वित्तीय अवस्था थप सबल र शशक्त बनाउन लाभांश वितरण नगर्ने जनाएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले ३ प्रतिशत बोनस सेयर र ७.५२६ प्रतिशत नगदा लाभांस गरी कुल १०.५२६ प्रतिशत लाभांस वितरण गरेको थियो। कम्पनीको अन्तिम दिनको कारोबार मूल्य प्रति कित्ता २४० रुपैयाँ रहेको छ। 


Share this with your friends: