युनाइटेड इदी मर्दीको सञ्चालक तथा अध्यक्षमा केसी नियुक्त

2021-02-04
युनाइटेड इदी मर्दीको सञ्चालक तथा अध्यक्षमा केसी नियुक्त

काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावरको सञ्चालकमा संस्थापक सेयरधनी प्रकाश केसी नियुक्त भएका छन्। कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालकमा केसीलाई नियुक्त गरेको हो। 

यसका साथै सोहि बैठकले सञ्चालक प्रकाश केसीलाई सञ्चालक समितिको अध्यक्ष पदमा समेत सर्वसम्मतले चयन गरेको कम्पनीले जनाएको छ। 

 


Share this with your friends: