युनाइटेड मोदि हाइड्रोपावरका सञ्चालक हिराचनको राजीनामा स्वीकृत

2021-07-28
युनाइटेड मोदि हाइड्रोपावरका सञ्चालक हिराचनको राजीनामा स्वीकृत

काठमाण्डौ । युनाइटेड मोदि हाइड्रोपावर लिमिटेडका सञ्चालक सुकुन्त लाल हिराचनको राजीनामा स्वीकृत भएको छ । कम्पनीको साउन १३ गते बसेको सञ्चालक समितिको बैठकले हिराचनले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । 

सञ्चालक हिराचनले आफ्नो कार्य व्यवस्था तथा घरायसी कारण देखाउँदै गत असार २० गते कम्पनीको सञ्चालक समितिसमक्ष राजीनामा पेश गरेका थिए । 


Share this with your friends: