युनाइटेड इदी–मर्दीको आईपीओ निष्कासन आजदेखि

2020-11-18
युनाइटेड इदी–मर्दीको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन आज(मंसिर ३ गते)देखि खुला भएको छ। कम्पनीले दोस्रो चरणमा सार्वसाधारणका लागि ८ करोड ७३ लाख रुपैयाँ करोड बराबरको आईपीओको निष्कासन आवेदन खुला गरेको हो । 

यसअघि कात्तिक २७ गते खुला हुने भनिएको आईपीओ निष्कासन नेपाल धितोपत्र बोर्डको निर्देशन पश्चात सरेको थियो । 

कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ७३ हजार ९१० कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीले यसअघि पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। त्यसमध्ये खरिद आवेदन नपरेका २ लाख ४३ हजार ९१० कित्तासहित कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो। 

आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

 


Share this with your friends: