काठमाण्डौ । युनाईटेड फाइनान्सको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले वैशाख १९ गतेदेखि लागू हुने गरी कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।
कम्पनीले वैशाख १७ गतेको पत्रमार्फत नबिल बैंक र युनाईटेड फाइनान्सबीच प्राप्ति गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिएका कारण प्राप्ति प्रयोजनका लागि कम्पनीको सेयर कारोबार रोक्का राखिएको जनाएको छ। नेप्सेले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने(मर्जर)तथा प्राप्ति सम्बन्धि नियमावली २०७३ को विनिमय ६(१) बमोजिम युनाईटेड फाइनान्सको सेयर कारोबार रोक्का राखिएको जनाएको छ।
नबिल बैंकले युनाइटेड फाइनान्स लाई प्राप्ती गर्ने विषयमा यी दुवैबीच गत वैशाख १७ गते सम्झौता भएको थियो। उक्त सम्झौतामा मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिषकुमार खेमकाले प्राप्तीका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। नबिलले युनाइटेडलाई रु३५ स्वाप रेसियोमा प्राप्ती गर्ने गरी सम्झौता भएको थियो।