काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो विशेष साधारण सभा डाकेको छ । संस्थाको गत चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले पहिलो विशेष साधारण सभा डाक्ने निर्णय गरेको हो ।
बैठकले आगामी वैशाख २५ गते शनिबारका दिन कोहलपुरमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त विशेष सभामा संस्था र घोडीघोडा लघुवित्त एक आपसमा गाभ्ने/गाभिने विशेष प्रस्ताव पारित गरिनेछ । यसैगरी संस्थाको अधिकृत पूँजी वृद्धि गर्ने, प्रबन्धपत्रमा आवश्यक संशोधन तथा थप गर्ने, नियमावलीमा आवश्यक संसोधन तथा थप गर्ने र यस कार्यका लागि अख्तिारी प्रदान गर्ने र भविष्यमा अन्य कुनै लघुवित्त एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति वा समाहित हुने प्रयोजनका लागि अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।