काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाको सञ्चालक समितिको निर्णयबमोजिम एनआईसी मुक्तिनाथ क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो ।
यससँगै अब संस्थाको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धि सम्पूर्ण कार्य मुक्तिनाथ क्यापिटलले गर्नेछ ।