काठमाण्डौ । सरकारले पूर्व अर्थमन्त्री डा।युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ ।
सरकारका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार मन्त्रिपरिषद्को बैठकले पूर्वअर्थमन्त्री खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारका रुपमा नियुक्त गरेको हो ।
खतिवडालाई मन्त्रीसरहको सुविधा प्रदान गर्ने गरी विशेष आर्थिक सल्लाहकारका रुपमा नियुक्त गरेको सरकारको भनाइ छ ।
डा। खतिवडाले राजीनामा दिएपछि अर्थमन्त्रालयको कार्यभार पनि प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हालिरहेका छन् । डा। खतिवडालाई काम गर्न सहज होस् भनेर प्रधानमन्त्रीले एक महिला सांसदलाई अर्थ राज्यमन्त्री बनाउन खोजिरहेका छन् ।