यूनाइटेड सिमेन्ट्सलाई नेपालकै सर्वोत्कृष्ट ५३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्रदान

2021-07-02
यूनाइटेड सिमेन्ट्सलाई नेपालकै सर्वोत्कृष्ट ५३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्रदान

काठमाण्डौ । यूनाइटेड सिमेन्ट्सले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ। यूनाइटेड सिमेन्ट्स प्रालिद्वारा उत्पादित ‘यूनाइटेड सिमेन्ट्स’ ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको हो। 

यूनाइटेड सिमेन्ट्सले प्राप्त गरेको ५३ ग्रेडको गुणस्तर नेपालमा उत्पादन हुने सिमेन्टहरुमध्ये कै सबैभन्दा उत्कृष्ट ग्रेड भएको कम्पनीले दाबी गरेको छ । ५३ ग्रेडको गुणस्तर प्राप्त गरेको सिमेन्ट हरेक किसिमका निर्माणमा उपयुक्त ठहरिएको सिमेन्ट हो। नेपालमा मात्र नभई विदेशका ठूलठूला संरचनाहरुमा पनि यो ग्रेडको सिमेन्टको प्रयोग हुँदै आएको छ। पारिवारिक घर निर्माणसहित गगनचुम्बी महलदेखि, हाइड्रो पावर ड्याम, टनेल, बिशाल पुलहरु, राष्ट्रिय गौरवका आयोजनाहरु, बाटो निर्माणमा समेत यो सिमेन्ट ढुक्कसँग प्रयोग गर्न कम्पनीले जनाएको छ। 

ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुनढुंगा प्रयोग गरी आफैँ क्लिन्कर उत्पादन गर्दै आएको यस उद्योगले विगत ६ वर्षदेखि उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको छ। ५३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेसँगै आफ्ना ग्राहकको गुणस्तरप्रतिको विश्वासलाई अझ मजबुत बनाउने कुरामा उद्योग विश्वस्त रहेको जनाएको छ । 


Share this with your friends: