यो साता एउटा बाहेक अन्य सबै बीमा कम्पनीको सेयरमूल्यमा गिरावट, कुनको मूल्य कति घट्यो ?

2021-09-10
यो साता एउटा बाहेक अन्य सबै बीमा कम्पनीको सेयरमूल्यमा गिरावट, कुनको मूल्य कति घट्यो ?

काठमाण्डौ । यो साता नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कोरोबार भएका सबैजसो बीमा कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कोरोबार भएका सबैजसो जीवन र निर्जीवन बीमा कम्पनीहरुको सेयरमूल्यमा यो एक साताको अवधिमा गिरावट आएको हो। 

यो साता एउटा जीवन बीमा कम्पनीबाहेक अन्य सबै  जीवन बीमा कम्पनीको सेयरमूल्यमा उछाल आयो। जीवन बीमातर्फ यो साता सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा मात्रै उछाल आयो । गत साताको अन्तिम कारोबार दिन ३३९ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य यो साताको अन्तिम कारोबार दिन प्रतिकित्ता ५४७ रुपैयाँ कायम भयो। यसरी एक यो एक साताको अवधिमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता २०८ रुपैयाँले बढ्यो। 

जीवन बीमातर्फ यो साता एलआईसी नेपालको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। एलआईसी नेपालको सेयरमूल्य प्रतिकित्ता १५३ रुपैयाँले घट्यो। गत साता २१७७ रुपैयाँ रहेको कम्पनीको सेयरमूल्य यो साताको अन्तिम कारोबार दिन प्रतिकित्ता २०२४ रुपैयाँमा सीमित बन्यो। यस्तै नेशनल लाइफको सेयरमूल्य पनि प्रतिकित्ता ४९ रुपैयाँका दरले घट्यो।
गत साता प्रतिकित्ता १८०६ रुपैयाँमा कारोबार बन्द भएको नेपाल लाइफको सेयरमूल्य यो साताको अन्तिम कारोबार दिन आईपुग्दा प्रतिकित्ता १७६० रुपैयाँ कायम भयो । उसरी यो एक साताको अवधिमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४६ रुपैयाँले घट्यो । सूर्या लाइफ इन्स्योरेन्सको मूल्य प्रतिकित्ता ३२ रुपैयाँ घट्यो । त्यस्तै गुराँस लाइफको सेयरमूल्य प्रतिकित्ता ३०, रिलायन्स लाइफ २९, ज्योति लाइफ २५, प्रभु लाइफ १९, युनियन लाइफ १८, एशियन लाइफ १५ र प्राइम लाइफ इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता १४ रुपैयाँ घट्यो । 

निर्जीवन बीमा कम्पनी 

यो एक साताको अवधिमा सबै निर्जीवन बीमा कम्पनीहरुको सेयरमूल्यमा गिरावट आयो । निर्जीवन बीमा कम्पनीतर्फ यो साता राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५२१ रुपैयाँले घट्यो । गत साताको अन्तिम कारोबार दिन १८८२३ रुपैयाँ रहेको कम्पनीको सेयरमूल्य यो साताको अन्तिम कारोबार दिन १८३०२ रुपैयाँ कायम भयो। 

यसैगरी गत साता प्रतिकित्ता ११८७ रुपैयाँ रहेको प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य यो साता घटेर १११५ रुपैयाँमा झर्यो ।  यसरी एक साताको अवधिमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७२ रुपैयाँले घट्यो। यो अवधिमा नेपाल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य पनि ७० रुपैयाँले घट्यो। त्यस्तै एनएलजी इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ६१ रुपैयाँ, नेको इन्स्योरेन्स ६० रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्स ५८ रुपैयाँ, एभरेष्ट इन्स्योरेन्स ५४ रुपैयाँ, सगरमाथा इन्स्योरेन्स ४५ रुपैयाँ, शिखर इन्स्योरेन्स ४१, युनाइटेड इन्स्योरेन्स ३७ रुपैयाँ, प्रभु इन्स्योरेन्स २८ रुपैयाँ, आइएमई र प्रुडेन्सियल समान २७ रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्स २५ रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्स २२ रुपैयाँ, अजोड इन्स्योरेन्स २१ रुपैयाँ, जनरल इन्स्योरेन्स नेपाल १९ रुपैयाँ र सानिमा जनरलको सेयरमूल्य प्रतिकित्ता १३ रुपैयाँले घट्यो । 


Share this with your friends: