काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको सञ्चालकमा रशना श्रेष्ठ नियुक्त भएकी छन् ।
श्रेष्ठ मोरङ इनर्जी लिमिटेडको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालकमा नियुक्त भएकी हुन् । मोरङ इनर्जीले यसअघिका सञ्चालक विनय कुमार तोदिलाई फिर्ता बोलाई उनको स्थानमा रशना श्रेष्ठलाई नियुक्त गरेको राधी विद्युत कम्पनीले जनाएको छ ।