राधी विद्युत कम्पनीले हकप्रद निष्कासन गर्ने

2021-05-31
राधी विद्युत कम्पनीले हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । राधी विद्युत् कम्पनी लिमिटेडले हकप्रद निष्कासन गनेृ भएको छ । कम्पनीले १४७.५२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो । 

कम्पनीको जेठ १६गते बसेको सञ्चालक समितिको बैठकले बोनस सेयर वितरणपश्चात कायम हुने कम्पनीको चुक्तापूँजीको १४७.५२ प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीले प्रस्ताव गरेको ३६.५ प्रतिशत बोनस शेयर पश्चात कायम चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार ६२२ को १४७.५२ प्रतिशतले हुन आयने रु. १०० अंकित दरका ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । 

यस्तै कम्पनीको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनको प्रस्ताव आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।


Share this with your friends: