राधी विद्युत कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान, लाभांस वितरण तथा हकप्रद जारी गर्ने विशेष प्रस्ताव

2021-06-22
राधी विद्युत कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान, लाभांस वितरण तथा हकप्रद जारी गर्ने विशेष प्रस्ताव

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले वािर्षक साधारण सभा आह्वान गरेको छ। कम्पनीको गत असार ७ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा आह्वान गरेको हो। 

बैठकले आगामी असार २९ मंगलबारका दिन गते त्रिपुरेश्वरमा अवस्थित कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे भर्चअल माध्यम जुमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा गत आपर्थक वर्षका लागि प्रस्तावित चुक्तापूँजीको ३६.५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै बोनस सेयरपश्चात कायम हुने चुक्तापूँजीको १४७.५२ प्रतिशत(१ः४७५२) कित्ता हकप्रद सेयर जारी गर्ने र सो सम्बन्धमा आवश्यक सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा नियामक निकायबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै फेरबदल गर्न निर्देशन भएमा सोहि अनुरुप गर्न सञ्चालक समितिलाई अख्तिषरी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। यस्तै सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरण लगायतका अनुुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 

वार्षिक साधारण सभा तथा लाभांस प्रयोजनका लागि कम्पनीले आगामी असार १५ गतेदेखि असार २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: