राधी विद्युत कम्पनीको स्वतन्त्र सञ्चालकमा कोइरी र कम्पनी सचिवमा बज्राचार्य नियुक्त

2021-07-29
राधी विद्युत कम्पनीको स्वतन्त्र सञ्चालकमा कोइरी र कम्पनी सचिवमा बज्राचार्य नियुक्त

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा नितेश्वर प्रसाद कोइरी नियुक्त भएका छन् । कम्पनीको साउन १३ गते बसेको सञ्चालक समितिको बैठकले काइरीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । 
बैठकले यसअघिकी सञ्चालक सुनिता निरौलाको राजीनामा स्वीकृत गर्दै कोइरीलाई सोहि दिनदेखि नै लागू हुने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । 
यस्तै कम्पनीको उक्त बैठकले रिक्त रहेको कम्पनी सचिव पदमा लफिन काजी बज्राचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । उनलाई पनि साउन १३ गतेदेखि नै लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । 


Share this with your friends: