काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले बोनस सेयरबापत लाग्ने कर तिर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले गत असार २९ गते सम्पन्न्न आर्थिक वर्ष आर्थिक वर्ष २०७६÷७७ का लागि पारित ३६.५ प्रतिशत बोनस सेयरका लागि लाग्ने कर सेयरधनी स्वयमले भुक्तानी गर्नुपर्ने हुँदा करबापतको रकम जम्मा गर्न कम्पनीले सेयरधनीहरुलाई आग्रह गरेको हो ।
कम्पनीले करबापतको रकम जम्मा गरेपश्चात मात्रै बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा हुने भएकाले बोनस सेयरबापतको रकम उल्लेखित विवरण अनुसारको बैंक खातामा कनेक्ट आईपीएस वा बैंक अफ काठमाण्डूको जुनसुकै शाखामा सम्पर्क राखि बोनस सेयरबापत लाग्ने कर जम्मा गर्न सकिने कम्पनीले जनाएको छ । यसरी रकम जम्मा गर्दा अनिवार्य रुपमा डिम्याट खाता खुलाउन पर्नेछ । यसका साथै कनेक्ट आईपीएस लगायत अन्य विद्युतीय माध्यममार्फत कर बुझाउने सेयरधनीहरुले सो को भौचर ई–मेल ठेगानामा पठाउनु पर्नेछ ।