काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले बोनस सेयरमा लाग्ने कर नतिरेसम्म सेयरधनीहरुले पाउने बोनस सेयर फ्रिज हुने जनाएको छ । कम्पनीले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७६/७७ मा प्रदान गरिएको ३६.५ प्रतिशत बोनस सेयरमा लाग्ने कर सेयरधनीहरुले भुक्तानी नगरेसम्म उक्त बोनस सेयर फ्रिज हुने जनाएको हो ।
कम्पनीले उक्त बोनस सेयर अनफ्रिज गर्नका लागि सेयरधनीहरुलाई बैंक अफ बाठमाण्डूूको जुनसुकै शाखामा जम्मा गर्न अनुरोध गरेको छ ।