काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आरएमडीसी लघुवित्त वित्तीय संस्थालाई लाभांस वितरणका लागि स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांस वितरण गर्न स्वीकृति दिएको हो।
राष्ट्र बैंकले कार्तिक १३ गतेको पत्र अनुसार लाभांश वितरण गर्न स्वीकृति दिँदै वित्तीय विवरण प्रकाशन गर्न पनि सहमति जनाएको छ।
स्विकृत लाभांस लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपश्चात सेयरधनीले प्राप्त गर्नेछन्।
लघुवित्तको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने १३ करोड ४८ लाख रुपैयाँ बराबरको बोनस र करसहित ५ प्रतिशतले हुन आउने ४ करोड ४९ लाख रुपैयाँ बराबरको नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।