राष्ट्रिय वाणिज्य बैंकको ‘आरबीबी मोबाइल बैंकिङ महामेला’ का विजयीहरु घोषित

2021-04-28
 राष्ट्रिय वाणिज्य बैंकको ‘आरबीबी मोबाइल बैंकिङ महामेला’ का विजयीहरु घोषित

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडकोआरबीबी मोबाइल बैंकिङ महामेलामा सहभागी  विजयीहरुको नाम घोषणा गरिएको छ । बैकको ‘आरबीबी मोबाइल बैंकिङ’ को प्रवर्द्धनका लागि २०७७ चैत ५ गतेदेखि २०७८ वैशाख ५ गतेसम्म (एक महिना) एफवान सफ्टको सहकार्यमा सञ्चालन भइरहेको ‘आरबीबी मोबाइल बैंकिङ महामेलामा करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका ९ जना विजयीहरुको नाम बुधबार एक समारोहका बीच घोषणा गरिएको हो ।

उक्त समारोहमा नयाँ मोबाइल बैंकिङ प्रयोगकर्ताहरुमध्येबाट स्वर्णिम पौडेलले थाइल्यान्ड भ्रमणको कपल टुर (४ रात–५ दिन) मेगा पुरस्कार प्याकेज पाएका छन्। 

यसैगरी तुलाराज बोहोरा, प्रविन वली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सृजना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसुङ ग्यालेक्सी ःएच ०१ कोर ब्रान्डको एक/एक थान मोबाइल फोन सेट पुरस्कार प्राप्त गरेका छन्। 

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नको लागि गत वर्षदेखि एफवान सफ्टको सहकार्यमा यो महामेला कार्यक्रम सञ्चालन गरिरहेको छ । यसका लागि बैंकको मोवाइल बैंकिङबाट ग्राहकहरुले कारोबार गर्नुपर्ने हुन्छ । रा।वा। बैंकसँग खाता खोली मोबाइल बैंकिङ ९आरबीबी स्मार्ट० बाट डिजिटल कारोबार गर्दा छुट लगायत उपहार पाउने व्यवस्था गरिएको छ । 

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, डिजिटल बैंकिङ विभागका विभागीय प्रमुख ऋषिराम ढकाल, एफवान सफ्टका यासमिन गौतम, अलिसा तन्डुकारलगायतको उपस्थिति थियो । हाल राष्ट्रिय वाणिज्य बैंकका १४ लाखभन्दा बढी मोबाइल बैंकिङका ग्राहक छन् ।


Share this with your friends: