काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्रको बाँडफाँट कार्य सम्पन्न भएको छ । बैंकले गत जेठ २५ गतेदेखि २८ गतेसम्म जारी गरेको २.५ अर्ब रुपैयाँबराबरको ‘८।५ आरबीबीएल डिबेन्चर २०८३’ नामक ऋणपत्र असार ३ गते बाँडफाँड गरेको हो ।
बैंकले ऋणपत्रको २५ लाख इकाइमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ताले हुन आउने रु.१ अर्ब ५० करोड ऋणपूँजी रकम व्यक्तिगत तबरबाट तथा ४० प्रतिशत अर्थात १० लाख कित्ताले हुन आउने रु.१ अर्ब ऋणपूँजी रकम बराबरको इकाइ सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।
धितोपत्र निकाष्सन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले व्यक्तिगत तबरमार्फत आवेदन गर्ने आवेदकहरुको आशिंक बाँडफाँडमा परेको ऋणपत्र बापतको बाँकी फिर्ता भुक्तानी गनुपर्ने रकम असार ६ गतेदेखि आईपीएसमार्फत भुक्तानी गरिने व्यवस्था गरेको जनाएको छ ।