काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले पद तथा गोपनीयताको सपथ लिएका छन्। पुडासैनीले असार २१ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम पद तथा गोपनीयताको सपथ लिएका हुन्।
गत असार २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले अध्यक्ष पदबाट सञ्चालक समितिसमक्ष राजीनामा दिएका थिए।
अध्यक्ष पुडासैनी नेपाल सरकार अर्थ मन्त्रालयका राजश्व सचिव हुन्।