राष्ट्रिय वाणिज्य बैंकको पीओएस कारोबारमा क्यासब्याक अफर

2021-09-29
राष्ट्रिय वाणिज्य बैंकको पीओएस कारोबारमा क्यासब्याक अफर

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दसैँ, तिहार, नेपाल संवत् एवं छठलगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पीओएसका माध्यमबाट प्रतिकारोबार रु। १ हजार वा सोभन्दा बढीको कार्ड स्वायप गर्दा क्यासब्याक हुने अफर ल्याएको छ। यो योजना आगामी असोज २१ गतेदेखि कात्तिक २४ गतेसम्म लागू हुनेछ। 

देशभर विभिन्न व्यवसायमा रहेको पीओएसका माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट राष्ट्रिय वाणिज्य बैंककै कार्ड स्वायप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यासब्याक हुनेछ। यसअन्तर्गत ३ देखि ५ पटकको कार्ड स्वायपमा ५ प्रतिशत अधिकतम क्यासब्याक वा रु। ५ सय, ६ देखि १० पटकको कार्ड स्वायपमा १० प्रतिशत अधिकतम क्यासब्याक वा रु। ७५०, ११ देखि १५ पटकको कार्ड स्वायपमा १५ प्रतिशत अधिकतम क्यासब्याक वा रु। १ हजारमध्ये जुन कम हुन्छ सोबराबरको रकम क्यासब्याक हुनेछ।

बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४८ वटा शाखा कार्यालय, २१६ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ सञ्चालनमा रहेका छन्। 


Share this with your friends: