राष्ट्र बैंकका तीन विकास ऋणपत्र नेप्सेमा सूचीकृत

2020-11-20
राष्ट्र बैंकका तीन विकास ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले यो वर्ष निष्कासन गरेको तीनवटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। उक्त ऋणपत्रहरु धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ८ अनुसार आज(मंसिर ५ गते)को निर्णय अनुसार सूचीकृत भएका हुन्। 

नेप्सेमा राष्ट्र बैंकले निष्कासन गरेका २०८६ ‘घ’, २०८४ ‘घ’ र २०८७ ‘घ’ नामक ऋणपत्रहरु आज शुक्रबार सूचीकृच भएका हुन्। 

९ वर्षे अवधिको २०८६ ‘घ’ नामक ऋणपत्र २०७७ असोज १२ गते निष्कासन गरिएको थियो। २० अर्ब रुपैयाँको यो ऋणपत्रको ब्याजदर ४.७७ प्रतिशत रहेको छ। लगानीकर्ताले यो ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन्।  

यसैगरी ७ वर्षे अवधिको २०८४ ‘घ’ नामक ऋणपत्र २०७७ असोज २१ गते निष्कासन गरिएको थियो। १० अर्ब रुपैयाँको यो ऋणपत्रको ब्याजदर ४.१४ प्रतिशत रहेको छ। लगानीकर्ताले यो ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन्।    

यस्तै १० वर्षे अवधिको २०८७ ‘घ’ नामक ऋणपत्र २०७७ कात्तिक २० गते निष्कासन गरिएको थियो। २० अर्ब रुपैयाँको यो ऋणपत्रको ब्याजदर ४.१४ प्रतिशत रहेको छ। लगानीकर्ताले यो ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन्।    

 


Share this with your friends: