राष्ट्र बैंकको विकास ऋणपत्र नेप्सेमा सूचीकृत

2021-06-16
राष्ट्र बैंकको विकास ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको विकास ऋणपत्र नेपाल स्कट एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकले निष्कासन गरेको २०८३‘घ’ नामक विकास ऋणपत्र असार २ गतेको निर्णयबमोजिम सूचीकृत भएको हो । 

राष्ट्र बैंकलेले यो विकास ऋणपत गत जेठ १३ गते निष्कास गरेको थियो । १५ अर्ब रुपैयाँको यो ऋणपत्रको अवधि ५ वर्ष रहेको छ । यसको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा  गरिनेछ ।     


Share this with your friends: