काठमाण्डौ । नेपाल राष्ट्र बेंकले राष्ट्र बैंकको नक्कली फेसबुक पेज सृजना गरी भ्रामक जानकारी पोष्ट गर्ने/गराउनेलाई साइबर अपराधसम्बन्धी कानून वमोजिम कारवाही गर्ने जनाएको छ ।
हालसम्म नेपाल राष्ट्र बैंकको कुनैपनि आधिकारीक फेसबुक पेज नरहेको र यस बैंकबाट कुनैपनि प्रकारको सूचना जानकारी तथा आव्हन फेसबुक पेज मार्फत नगरिएको व्यहोरा अनुरोध गर्दै अनधिकृतरुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेको सम्बन्धमा बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यसरी अनधिकृत रुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी पोष्ट गर्ने÷गराउनेलाई साइबर अपराधसम्बन्धी कानून वमोजिम कारवाही हुने बैंकले चेतावनी दिएको छ ।
यसरी बैंकको नाममा खोलिएका फेसबुक पेजहरुमा आफ्नो कुनैपनि सूचना प्रबिष्ट नगर्न बैंकले सम्पूर्ण फेसबुक प्रयोगकर्ताहरुमा जानकारी गराएको छ । यस्तै बैंकले यस्ता भ्रामक फेसबुक पोष्टमा विश्वास नगर्न सर्बसाधारणहरुलाई अपिल समेत गरेको छ ।