राष्ट्र बैंकले तयार गर्यो क्यूआर कोड भुक्तानीको मापदण्ड

2021-03-03
राष्ट्र बैंकले तयार गर्यो क्यूआर कोड भुक्तानीको मापदण्ड

काठमाण्डौ । पछिल्लो समय भुक्तानी सेवा प्रदायकबीच क्विक रेस्पोन्स(क्यूआर)कोडबाट हुने भुक्तानीको संख्या बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले क्यूआर कोड मापदण्ड तयार गरेको छ। क्यूआर कोड भुक्तानी सेवालाई सुदृढीकरण, व्यवस्थित तथा नियमन गर्न नेपाल राष्ट्र बैंकले ‘क्यूआर कोड स्ट्यान्डराइजेसन फ्रमवर्क र गाइडलाइन’ कार्यान्वयनमा ल्याएको हो। 

मापदण्डमा क्यूआर कोडबाट हुने भुक्तानीका लागि स्किम तथा नेटवर्कको योग्यता, एक्वायरिङ तथा जारीको योग्यता, नेटवर्क, अक्वायरर र जारी गर्ने संस्थाको मुख्य जिम्मेवारी, मूल्य तथा शुल्क, सेटलमेन्ट संयन्त्र, ग्राहक सेवा तथा गुनासो सम्बोधन र विवाद निरुपण, सूचना सुरक्षा कार्यक्रम, क्यूआर लोगो, ब्रान्डिङलगायतका विषय समेटिएका छन्। यसका साथै राष्ट्र बैंकले क्यूआर कोडबारे प्रयोगकर्ताहरुलाई आवश्यक शिक्षा तथा जनचेतना विस्तार गर्नेबारे प्रावधान पनि समेटेको छ। 

मापदण्डमा क्यूआर कोडको अन्तरआवद्धता, व्यापक प्रयोग र विस्तारसँगै सुरक्षालाई ध्यान दिइएको छ। 

 

 


Share this with your friends: