राष्ट्र बैंकद्वारा एक्सेल डेभलपमेन्ट बैंकको लाभांस स्वीकृत

2021-05-12
राष्ट्र बैंकद्वारा एक्सेल डेभलपमेन्ट बैंकको लाभांस स्वीकृत

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडद्वारा प्रस्तावित लाभांस स्वीकृत गरेको छ ।  राष्ट्र बैंकले एक्सेल डेभलपमेन्ट बैंकद्वारा प्रस्तावित कुल १२.६३ प्रतिशत लाभांस वितरणको प्रस्तावलाई वैशाख २८ गते स्वीकृती प्रदान गरेको हो । 

एक्सेल डेभलपमेन्ट बैंकको गत चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि १२.६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो । 

बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको वितरण योग्य मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांस गरी कुल १२.६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो। प्रस्तावित लाभांसमा हाल कायम रहेको चुक्तापूँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको १२ प्रतिशतले हुन आउने ९ करोड ७३ लाख ३४ हजार ५४६.९७ रुपैयाँ बराबरको बोनस सेयर र ०.६३ प्रतिशतले हुन आउने ५१ लाख २२ हजार ८७०.८९ रुपैयाँ बराबरको नगद लाभांस रहेका छन्।   

 


Share this with your friends: