राष्ट्र बैंकद्वारा नागरिक बचतपत्रको बिक्री खुला

2021-05-25
राष्ट्र बैंकद्वारा नागरिक बचतपत्रको बिक्री खुला

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ११ गते)देखि ५ वर्षे अवधिको नागरिक बचतपत्र २०८३ को बिक्री खुला गरेको छ । नेपाल सरकारको तर्फबाट बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागल २ अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्रको बिक्री खुलाएको हो । 

यो बचतपत्रमा इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । यो बचतपत्रको वार्षिक ब्याजदर(ब्याजकर लाग्ने) रहेको छ । ब्याजको भुक्तानी ६÷६ महिनामा गरिनेछ ।  यो बचतपत्रमा घटिमा दश हजार रुपैयाँ र बढीमा कुल निष्काससित रकमको सीमामा नबढाई रु १० हजारले भाग गर्दा निषेश भाग जाने रकम खरिद गर्न सकिनेछ । 

लगानीकर्ताले बचतपत्र धितो राखि नेपाल राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन÷दिन सक्नेछन् ।  

यो बचतपत्रको बिक्री आजदेखि असार १ गतेसम्म हुनेछ भने निष्कासन मिति आगामी असार ६ गते हुनेछ । लगानीकर्तालाई साँवा भुक्तानी २०८३ असार ६ गते गरिनेछ । 


Share this with your friends: