रिज लाइन इनर्जीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

2021-09-28
रिज लाइन इनर्जीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । रिज लाइन इनर्जीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

नियुक्तिसम्बन्धी सम्झौतापत्रमा आज रिज लाइन इनर्जीका तर्फबाट वसन्त गिरी र प्रभु क्यापिटका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।

कम्पनीले २० लाख ८२ हजार ८७० कित्ता कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। 

कम्पनीले अधिकृत तथा जारी पुँजी ६९ करोड ४२ लाख ९० हजार रुपैयाँको ३० प्रतिशतले आउने २० करोड ८२ लाख ८७ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २० लाख ८२ हजार ८७० कित्ता आईपीओ जारी गर्नेछ।

यो कम्पनीले गोरखा जिल्लाको अजिरकोट–२ मा रहेको चेपे नदीमा सुपर चेपे हाइड्रापावर आयोजना निर्माण गरिरहेको छ। यो आयोजनाको क्षमता ९.०५ मेगावाट रहेको छ।  


Share this with your friends: