काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २० औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।
बैठकले आगामी कात्तिक १२ गते शुक्रबारका दिन काठमाण्ठौ थापाथलीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा कम्पनीको आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट चुक्तापूँजीको १२.६ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै रिडी हाइड्रोपावर डभेलपमेन्ट कम्पनीले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई गाभ्ने÷प्राप्ति गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ ।
लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी कात्तिक २ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक १ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न सभामा सहभागी हुन योग्य हुनेछन् ।