रिभर फल्स पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

2021-03-09
रिभर फल्स पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ३४ करोड ३० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। 

कम्पनीले रु.१०० अंकित दरका ३४ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। 

नियुक्तिसम्बन्धी सम्झौतापत्रमा आज मंगलबार रिभर फल्स पावरका तर्फबाट मित्रलाल श्रेष्ठ र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चाालक दिनेश थकालीले हस्ताक्षर गरेका छन्। 

रिभर फल्स पावरले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ। यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ। 


Share this with your friends: