रिलायन्स फाइनान्स लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2021-04-07
रिलायन्स फाइनान्स लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । रिलायन्स फाइनान्स लघुवित्तले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले ११ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी वैशाख २२ गते काठमाण्डौ लैनचौरमा अवस्थित लैनचौर बैंक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाको सञ्चालक समितिबाट प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै बोनस सेयरपश्चात कायम हुने चुक्तापूँजी रु.९१ करोड ५६ लाख ५७ हजार ६६९ कायम गरी चुक्तापूँजी तथा जारी पूँजी वृद्धि गर्ने तथा सोहि अनुरुप संस्थाको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा अन्य कुनै बैंक, विकास बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने, प्राप्ति वा विलय गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहित आ.व २०७६/७७ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि संस्थाले आगामी वैशाख १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ वैशाख ९ गतेसम्म कायम सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्रापत गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन योगय हुनेछन्। 

 


Share this with your friends: