रिलायन्स लाइफद्वारा व्यतित बीमालेख नविकरणमा सतप्रतिशत ब्याज छुटको व्यवस्था

2021-06-15
रिलायन्स लाइफद्वारा व्यतित बीमालेख नविकरणमा सतप्रतिशत ब्याज छुटको व्यवस्था

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखको बिलम्व शुल्कमा सत प्रतिशत ब्याज छुट प्रदान गर्ने भएको छ ।

कम्पनीले कोभिड १९ को विषम परिस्थितिमा आफ्ना ग्राहकहरुको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गर्दै ग्राहकले नवीकरण बीमा शुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको २०७८ साल असार ३१ गतेभित्र पुनर्जागरण गराएमा सो मा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।

यो छुटमार्फत विषम परिस्थितिमा आफ्ना ग्राहकले पूर्ण रुपमा फाईदा लिनेमा कम्पनीले विश्वास लिएको छ ।


Share this with your friends: