रिलायन्स लाइफद्वारा रु. २ करोड ५० लाख मृत्यु दाबी भुक्तानी

2021-07-28
रिलायन्स लाइफद्वारा रु. २ करोड ५० लाख मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २ करोड ५० लाखको मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ। 

बाँकेको कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्युपश्चात कम्पनीको नियमअनुरुप उक्त दाबी भुक्तानी रकम बीमितको इच्छाइएको व्यक्ति पत्नी सपना मल्ललाई हस्तान्तरण गरेको हो। 

दाबी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमन पौडेल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष तारा चन्द केडिया, सञ्चालक जगदीश कुमार अग्रवाललगायत कम्पनीका पधाधिकारीको उपस्तिथि थियो।  

कम्पनीले हालसम्म ८ करोड २३ लाख रुपैयाँबराबरको दाबी रकम भुक्तानी गरेको छ।   


Share this with your friends: