काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत असोज १६ गते सम्पन्न १५ औँ र १६ औँ वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस सेयर गत असोज ६ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो।
बैंकले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था गरिएको जनाएको छ। असोज ६ गते पश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा भने उक्त बोनस सेयर क्रमशः हितग्राही खातामा जम्मा गरिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।