रुरु जलविद्युतको आईपीओ बाँडफाँड भोलि

2021-04-15
रुरु जलविद्युतको आईपीओ बाँडफाँड भोलि

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको रुरु जलविद्युत परियोजना लिमिटेडको आईपीओ बाँडफाँड भोलि(चैत ०३ गते)शुक्रबार हुने भएको छ । 

आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक तथा निष्कासनकर्ता एनएमबी क्यापिटलको काठमाण्डौ नक्सालमा रहेको कार्यालयमा हुनेछ । क्यापिटलका अनुसार उक्त बाँडफाँड कार्यक्रम बिहान ८ बजेबाट सञ्चालन हुनेछ । 

कम्पनीले गत चैत २० गतेदेखि रु।१०० अंकित दरमा प्रिमियम रु।२० थप गरी जम्मा मूल्य रु।१२० मा कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँ बराबरको ४ लाख ७ हजार ७०८ कित्ता आईपीओ निष्कासन गरेको थियो । 

कुल कित्तामध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सामूहिक लगानी कोष९म्युचुअल फन्ड०का लागि छुट्याइएको छ। बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सेयर भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको थियो । 


Share this with your friends: