काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा एनआईबीएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ।
सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु एनआईबीएल एस क्यापिटलले गर्नेछ।