काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक २७२.९१ अंकले घट्दै १३०६८.८४ बिन्दुमा सीमित भयो । यो दिन जीवन बीमा उपसूचक पनि १७५.३ अंकले ओरालो लाग्दै १६२४६.०७ बिन्दुमा झर्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् ।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनी परे । आज सानिमा लाइफको सेयरमूल्य ३.९८ प्रतिशतले घट्दै प्रतिकित्ता ६९९ रुपैयाँ कायम भयो । त्यस्तै राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य ३.८७ र नेपाल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य २.९७ प्रतिशतले घट्यो ।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो । परिसूचक ४०.२६ अंकले घट्दै २८८९.०३ बिन्दुमा सीमित भयो । यो दिन बजारमा २२२ कम्पनीका १ करोड ५ लाख ५७ हजार ८८६ कित्ता सेयर ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ रुपैयाँमा किनबेच भयो ।
आज सबै उपसूचकमा रातो पोतियो । बैंकिङ उपसूचक २०.७४ अंकले घटेको आज व्यापार २७.२१, होटल एण्ड टुरिजम ७९.५३, विकास बैंक ११६.९१, हाइड्रो ७२.८१, वित्त ८६.७२, उत्पादन तथा प्रशोधन ७३.७९, अन्य २१.१६, लघुवित्त ५२.१९, म्युचुअल फन्ड ०.०५ र लगानी उपसूचक १.८८ अंकले घट्यो ।
आज मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्यमा सर्वाधिक उछाल आयो । कम्पनीको सेयरमूल्य ८.२३ प्रतिशतले बढ्यो । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक ६.६७ र छ्याङदी हाइड्रोपावरको सेयरमूल्य ४.०८ प्रतिशतले बढ्यो ।
आज हिमालयन उर्जा कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । कम्पनीको सेयरमूल्य ५.८३ प्रतिशतले घट्यो । गोर्खाज फाइनान्सको सेयरमूल्य ५.४१, रुरु जलविद्युत कम्पनी ४.८६ र सिन्धु विकास बैंकको सेयरमूल्य ४.४६ अंकले घट्यो ।
यो दिन अरुण भ्यालि हाइड्रोपावरको सर्वाधिक कारोबार भयो । आज कम्पनीको २२ करोड १४ लाख बढीको सेयर कारोबार भयो भने सानिमा लाइफको १७ करोड २ लाख र आईसीएफसी फाइनान्सको १५ करोड ३८ लाख बढीको सेयर कारोबार भयो ।