लक्ष्मी इक्विटी फन्डद्वारा ३५ प्रतिशत नगद लाभांस वितरणका लागि बुक क्लोज मिति तय

2021-07-23
लक्ष्मी इक्विटी फन्डद्वारा ३५ प्रतिशत नगद लाभांस वितरणका लागि बुक क्लोज मिति तय

काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फन्डले लाभांस वितरण प्रयोजनका लागि बुक क्लोज(दर्ता किताब बन्द)मिति तय गरेको छ । फन्डले गत आर्थिक वर्ष २०७७/७८ का लागि आफ्ना इकाईधनीहरुलाई घोषणा गरेको ३५ प्रतिशत नगद लाभांस वितरणका लागि बुक क्लोज मिति तय गरेको हो । 

नगद लाभांस वितरण प्रयोजनार्थ फन्डले आगामी साउन १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ साउन १४ गतेसम्म कायम इकाइधनीहरु मात्रै फन्डद्वारा घोषणा गरिएको लाभांस प्राप्त गर्न योग्य हुनेछन् । 

कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले ३५ प्रतिशत नगद लाभांस वितरणको घोषणा गरेको थियो । 


Share this with your friends: