काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत असार २८ गतेदेखि साउन ५ गतेसम्म जारी गरिएको २ अर्ब रुपैयाँबराबरको ‘लक्ष्मी बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्र साउन ११ गते बाँडफाँड गरिएको हो ।
रितपूर्वक ऋणपत्रका लागि प्राप्त आवेदनहरु प्रशोधन गर्दा सर्वसाधारणका लागि माग बमोजिम र व्यक्तिगत तबर मार्फतका लागि प्राप्त आवेदनहरुको हकमा आंशिक रुपमा बाँडफाँड गरिएको हो ।
लक्ष्मी बैंकले गत असार २८ गतेदेखि साउन ५ गतेसम्म १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको १० वर्षे अवधिको ‘ १० वर्ष,८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर ’ नामक ऋणपत्र निष्कासन गरेको थियो ।
कुल निष्कासनमध्ये १२ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ८ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको छ। सर्वसाधारणका लागि निष्कासन गरिने ८ लाख कित्तामध्ये ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।