काठमाण्डौ । लक्ष्मी उन्नती कोषको इकाइमूल्य समायोजन गरिएको छ । कोषद्वारा प्रस्तावित २५ प्रतिशत नगद लाभांसका लागि नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले इकाईमूल्य समायोजन गरेको हो ।
कोषको इकाइमूल्य समायोजन गर्दै प्रतिकित्ता १२.६२ रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो कारोबार दिन कोषको मूल्य प्रति इकाइ १५.१२ रुपैयाँ कायम थियो ।
लक्ष्मी क्यापिटलद्वारा व्यवस्थित तथा लक्ष्मी बैंकद्वारा प्रवद्र्धित लक्ष्मी उन्नती कोष बन्दमुखी योजना हो ।
कोषको गत साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ का लागि २५ प्रतिशत नगद लाभांसको घोषणा गरेको छ ।