काठमाण्डौ । लक्ष्मी बैंकद्वारा प्रवद्र्धित तथा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोषको लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा गरिने भएको छ ।
कोषले आर्थिक वर्ष २०७७÷७८ का लागि घोषणा गरेको २५ प्रतिशत नगद लाभांस अभौतिक इकाइ धारण गरेका इकाइधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा आज(साउन १९ गते)देखि जम्मा गरिने लक्ष्मी क्यापिटल मार्केटले जनाएको छ ।
यसका साथै हितग्राही खातामा बैंक खाता सम्बन्धि विवरण अद्यावधिक गराए पश्चात मात्रै क्रमैसँग नगद लाभांस जम्मा गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।