लक्ष्मी बैंकद्वारा काठमाण्डौको क्षेत्रपाटीमा १३३ औँ शाखा सञ्चालन

2021-08-11
लक्ष्मी बैंकद्वारा काठमाण्डौको क्षेत्रपाटीमा १३३ औँ शाखा सञ्चालन

काठमाण्डौ । लक्ष्मी बैंकले काठमाण्डौ महानगरपालिकाको वडा न. १७ क्षेत्रपाटीमा आफ्नो १३३ औँ शाखा सञ्चालनमा ल्याएकोे छ। 

यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघुव्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ। यो नयाँ शाखाका साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १३३ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६२ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ।


Share this with your friends: