लक्ष्मी बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

2021-12-01
लक्ष्मी बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २१ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी पुस ८ गते काठमाण्डौ कमलपोखरीमा रहेको अग्रवाल भवनमा दिनको २ बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ। 

उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ८ प्रतिशत बोनस सेयर र  ३.५ प्रतिशत नगद लाभांस गरी कुल ११.५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यसैगरी बैंकको प्रबन्धपत्र÷नियमावलीको प्रस्तावित संसोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ।व २०७७र७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असारमसान्तको वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ। 

साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि बैंकले आगामी मंसिर २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ मंसिर २३ गतेसम्म कायम सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा भाग लिन योग्य ठहरिनेछन्।


Share this with your friends: