लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा १२९ औँ शाखा सञ्चालन

2021-04-21
लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा १२९ औँ शाखा सञ्चालन

काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १२९ औँ शाखा सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाको रामटारमा सञ्चालनमा ल्याएकोे छ। 

यो शाखामार्फत बैकंले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ। यो नयाँ शाखाका साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १२९ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५८ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ।

यो शाखाका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ।

यो शाखाको विस्तारसँगै बैंकले ग्राहकलाई उनीहरुकै रोजाइका माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवा प्रादन गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्ना ब्रान्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ।


Share this with your friends: