लक्ष्मी बैंकद्वारा एलएक्सबी कनेक्ट प्लाटफर्मको घोषणा, साझेदारीका आह्वान

2021-04-26
लक्ष्मी बैंकद्वारा एलएक्सबी कनेक्ट प्लाटफर्मको घोषणा, साझेदारीका आह्वान

काठमाडौं। लक्ष्मी बैंकले एपिआइ बैकिङको माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउन एलएक्सबी कनेक्ट प्लाटफर्मको घोषणा गरी साझेदारीका लागि आह्वान गरेको छ।

बैंकका अनुसार सााझेदारी अन्तर्गत फिन्टेक, स्टार्टअप तथा डेभलपरहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित बैंकका साझा ग्राहकहरुलाई विविध डिजिटल सेवा दिन सक्नेछन्। एलएक्सबी कनेक्ट स्यान्डबक्स इन्भाइरोन्मेन्टअन्तर्गत इच्छुक साझेदारले बैंकिङ सेवा तथा प्रणालीलाई हेरेर बैंकको एपिआइसँग सम्वन्धित कार्यलाई एकीकरण गरेर आफू अनुकूल प्रयोग गर्न सक्नेछन् ।

बैंकले निम्नबमोजिम खाता व्यवस्थापन, वित्तीय तथा गैरवित्तीय गरी ३ वर्गको प्रयोग हुने गरी एपीआईमा पहुँच प्रदान गर्नेछ (

खाता व्यवस्थापनः खाता खोल्ने, खाता व्यवस्थापन गर्ने, ग्राहक पोर्टफोलियो बनाउने।

वित्तीयः हितग्राही व्यवस्थापन, रकम ट्रान्स्फर, बिल भुक्तानी, नियमित ९रिकरिंग० भुक्तानी, रेमिट्यान्स भुक्तानी,  तलब भुक्तानी, सेटलमेन्ट आदि। 

गैरवित्तीयः विनिमय दर, शाखाःहरुको जानकारी, प्रमाणीकरण, रिकन्सिलियसन, स्टेटमेन्ट आदि।

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले १२९ शाखाहरु, ५ हस्पितल काउन्टर, १५८ एटिएम तथा २५०० भन्दा बढी रेमिट्यान्स, ६१ शाखासहित बैैैंकिङ र ४०० भन्दा बढी मोबाइल एजेन्ट रहेका छन्।  सूचना प्रविधिका माध्यमबाट बृहतस्तरमा सेवा प्रदान गर्न सफल भएको छ। 

तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुद पनि रिटेल, कर्पोरेट तथा ट्रेजरीजस्ता सम्पूर्ण व्यावसायिक सेवाको क्षेत्रमा सेवा पुर्याउने एक प्रमुख बैंकिङ सेवा प्रदायकका रुपमा बंैक अगाडि आएको छ। उच्चस्तरीय संस्थागत सु–शासान संस्कार, जोखिम व्यवस्थापन प्रणाली र सक्षम प्रविधिलगायत उत्तम व्यवस्थापन भएको बैंकका रुपमा लक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित छ। 

लक्ष्मी बैंकको भगिनी संस्थाका रुपमा माइक्रोफाइनान्स कम्पनी लक्ष्मी लघुवित्तीय संस्था लिमिटेड बैंकको भगिनी संस्थाका रुपमा रहेको छ। राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा स्थापना भएको यो संस्था सन् २०१२ मा भएको हो। हालसम्म यस लघुवित्तको ७२ शाखा रहेका छन् भने संस्थाले ४० बिलियन भन्द बढी कर्जा प्रवाह गरेको छ। 

यसैगरी लक्ष्मी बैंकको अर्को भगिनी संस्थाका रुपमा इन्भेस्टमेनट कम्पनी– लक्ष्मी क्यापिटल पनि सञ्चालित रहेको छ। धितोपत्र बोर्डबाट विभिन्न मर्चेन्ट तथा इन्भेस्टमेन्ट बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यकासाथ यो संस्था सन् २००९ देखि सञ्चालित रहेको छ। लक्ष्मी क्यापितलले लक्ष्मी इक्वीटि फन्ट र लक्ष्मी उन्नतिकोष गरी दुईवटा म्युच्युअल फन्ड पनि जारी गरी नेपाल स्टक एक्स्चेनजमा सूचीकृतिसमेत गरेको छ। 

बैंकले आर्थिक वर्ष २०१९र२० मा आफ्नो ब्यालेन्सिटको आकार १२९ अर्ब पुर्याएको छ। जसमा १००.०७ अर्ब डिपोजिट तथा ८९।८९ अर्ब कर्जा रहेको छ। बैंकका अन्य सूचकांकहरु नियामक निकायले तोके बमोजिम रहेका छन्। 


Share this with your friends: