काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा वृद्धि आएको छ। १३ वटा उपसूचकमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा उपसूचकमा आयो। आज निर्जीवन बीमा उपसूचक ३४९.६८ अंकले बढ्दै १३६७४.४४ बिन्दको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि १६७.९६ अंकले बढ्दै १७३६२.८५ को बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा ५ वटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे। बीमातर्फ आज अजोड इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। आज कम्पनीको सेयरमूल्य ९.९६ प्रतिशतले बढ्दै प्रतिकित्ता ९३८ रुपैयाँ कायम भयो। त्यस्तै आज सानिमा जनरलको सेयरमूल्य ९.९२, प्रुडेन्सियल इन्स्योरेन्स ९.०८, युनाइटेड इन्स्योरेन्स ८.९५ र जनरल इन्स्योरेन्सको सेयरमूल्य ५.८८ प्रतिशतले बढ्यो।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा भने कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोेरो अंकको वृद्धि आयो। नेप्से परिसूचक ४३.३६ अंकले बढ्दै २६१९.०२ बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २०९ कम्पनीका १ करोड १२ लाख ८१ हजार ६२५ कित्ता सेयर ६ अर्ब १६ करोड ६८ लाख ६१ हजार ५३८ रुपैयाँमा किनबेच भयो।
आज बजारमा एउटा समूहमा मात्रै गिरावट आयो भने अन्य सबै समूहमा भने हरियाली छायो। बैंकिङ समूह ४०.८६ अंकले बढेको आज होटल एण्ड टुरिजम ६३.२, विकास बैंक ४२.९२, हाइड्रोपावर ३३.५२, वित्त ९.३९, उत्पादन तथा प्रशोधन ३१.८१, अन्य २५.८२, लघुवित्त २७.५९, म्युचुअल फन्ड ०.१२ र लगानी समूह १.७९ अंकले बढे।
आज व्यापार समूह ९८.९९ अंकले ओरालो लाग्यो।
आज महिला लघुवित्तको सेयरमूल्यमा सर्वाधिक अर्थात ९.९७ प्रतिशतको उछाल आयो। यसैगरी अजोड इन्स्योरेन्सको सेयरमूल्य ९.९६, वोमी लघुवित्त ९.९६, सानिमा जनरल ९.९२, प्रडेन्सियल इन्स्योरेन्स ९.०८ र युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य ८.९५ प्रतिशतले बढ्यो।
आज रैराङ हाइड्रोपावरको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ३.२९ प्रतिशतले घट्दै प्रतिकित्ता ३८२ रुपैयाँ कायम भयो। यसैगरी बोटलर्स नेपाल तराईको सेयरमूल्य ३.१९, युनाइटेड इदी मर्दी ३.१३, हिमालयन उर्जा विकास २.५९ र साल्ट ट्रेडिङको सेयरमूल्य २.४० प्रतिशतले घट्यो।
यो दिन हाइड्रो इलेक्ट्रिसीटीको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको ३६ करोड ३७ लाख बढीको सेयर कारोबार भयो भने अपर तामाकोशीको ३१ करोड ९७ लाख, निफ्रा ३० करोड २६ लाख, नविल बैंक २४ करोड ७ लाख र एनआईसी एशिया बैंकको १३ करोड ९० लाख बढीको सेयर कारोबार भयो।