लमजुङ केन्द्रबिन्दु बनाएर पुनः गयो भुकम्प

2021-05-19
लमजुङ केन्द्रबिन्दु बनाएर पुनः गयो भुकम्प

काठमाण्डौ । लमजुङ केन्द्रबिन्दु बनाएर फेरि भुकम्प गएको छ । आज लमजुङ भुलभुलेलाई केन्द्रबिन्दु बनाएर ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । लमजुङ भुलभुलेलाई केन्द्रबिन्दु बनाएर लगातार दुईपटक भूकम्प गएको हो।

आज बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको उक्त ठाउँलाई केन्द्रबिन्दु बनाएर फेरि ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

भूकम्पको धक्का पोखरा, तनहुँ, गोरखा, चितवन, धादिङ, काठमाडौंलगायत क्षेत्रमा पनि महसुश गरिएको छ।


Share this with your friends: