काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १५४.६४ अंकले घट्दै १७५७७.९४ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ५२.७४ अंकले ओरालो लाग्दै १४४१५.६२ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा दुुईवटा बीमा कम्पनी परे। आज लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ३.३३ प्रतिशतले घट्दै २३२० रुपैयाँमा सीमित भयो। त्यस्तै लुम्बिनी जनरलको सेयरमूल्य १.५८ प्रतिशतले घट्दै प्रतिकित्ता ८६६ रुपैयाँमा झर्यो।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी आयो। परिसूचक १७.५० अंकले बढ्दै ३०९४.०५ बिन्दुको उचाईमा पुग्यो। यो दिन २३२ कम्पनीका २ करोड १६ लाख ९० हजार ५८५ कित्ता सेयर १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७९२ रुपैयाँमा किनबेच भयो।
१३ वटा समूहमध्ये आज ५ वटा समूहमा हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो। आज विकास बैंक समूहमा सबैभन्दा धेरै बढोत्तरी आयो। यो समूह २४१.६५ अंकले बढ्यो। त्यस्तै होटल एण्ड टुरिजम ११.५१, हाइड्रोपावर १६९.३७, वित्त १२०.२२ र लघुवित्त ३७.५७ अंकले बढ्यो।
बैंकिङ समूह ७.५९ अंकले घटेको आज व्यापार समूह ११.३९, उत्पादन तथा प्रशोधन २७.२९, अन्य ६, म्युचुअल फन्ड ०.०५ र लगानी समूह ०.०९ अंकले घट्यो।
आज ८ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। आज नारायणी डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गृह्वेश्वरी फाइनान्स, अरुण हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, आखुखोला जलविद्युत, घलेम्दी हाइड्रो र जीवन विकास लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो।
आज लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ३.४४ प्रतिशतले घट्यो।
यो दिन अरुण भ्याली हाइड्राको सार्वधिक सेयर कारोबार भयो। आज कम्पनीको ९३ करोड ६४ लाख बढीको सेयर कारोबार भयो। त्यस्तै अरुण काबेली ४५ करोड ६ लाख, रिडी हाइड्रोपावर ३४ करोड ५६ लाख र महालक्ष्मी विकास बैंकको ३४ करोड ५६ लाख बढीको सेयर कारोबार भयो।