लयमा फर्कियो बजार, बीमा समूहमा उछाल

2020-12-22
लयमा फर्कियो बजार, बीमा समूहमा उछाल

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा समूहमा उछाल आएको छ। आज जीवन बीमा समूह ९५०.९५ अंकले बढ्दै १३७४१.९८ को उचाइएमा पुग्यो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेर वृद्धि जीवन बीमा समूहमा भयो। 
 
आज निर्जीवन बीमा समूह पनि ५२७.७७ अंकले बढ्दै ९७३६.४८ को उचाईमा पुग्यो। 
 
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा तीववटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल रहे। आज शिखर इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले बढ्दै पोनेटिभ सक्रिट लाग्यो। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ९.९६ र प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य ९.७३ प्रतिशतले बढे। अन्य बीमा कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालको सेयरसमूल्य ८.२४ प्रतिशत, नेशनल लाइफ ७.२१, युनाइटेड इन्स्योरेन्स ५.७५, नेको इन्स्योरेन्स ४.४०, सगरमाथा इन्स्योरेन्स ४.६४, हिमालयन जनरल इन्स्योरेन्स ४.२८, गुराँस लाइफ ४.०४ र प्रुडेन्सियल इन्स्यारेन्सको सेयरमूल्य ३.८९ प्रतिशतले बढे। 
 
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 
 
बजारमा अरु के–के भयो ?
 
आज नेप्से परिसूचक ९५.४६ अंकले बढ्दै २०६१.४१ को बिन्दुमा पुग्यो। यो दिन बजारमा २०५ कम्पनीका १ करोड २७ लाख १७ हजार १४६ कित्ता सेयर ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार ४३२ रुपैयाँमा किनबेच भयो। 
 
आज सबै समूहमा हरियाली छायो। बैंकिङ समूह ७०.९ अंकले बढेको आज व्यापार ७७.४८, होटल २०.५६, विकास बैंक ६६.१७, हाइड्रोपावर ८०.६८, वित्त २५.८, उत्पादन तथा प्रशोधन ११३.०८, अन्य ७८.८, लघुवित्त १०७.०५ र म्युचुअल फन्ड ०.०८ प्रतिशतले बढे। 
 
आज १० वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो। शिखर इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले बढ्दा नबिल बैंक, सान्जेन जलविद्युत, नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक, अप्पर तामाकोशी, रसुवागढी हाइड्रोपावर, समृद्धि फाइनान्स, प्रिमियर इन्स्योरेन्स र एनसीसी बैंकको भने १० प्रतिशतको हाराहारीमा वृद्धि भयो।
 
यो दिन राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ भने अन्य ५ कम्पनीका सेयरमूल्य ८ प्रतिशत बढीदेखि ९ प्रतिशतको हाराहारीसम्म वृद्धि भयो।
 
आज दुई कम्पनीका सेयरधनीहरुले धेरै गुमाएका छन्। नारायणी डेभलपमेन्ट बैंक र युनाइटेड इदी–मर्दीका सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लाग्यो। 
 
यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सार्वधिक ८६ करोड ३६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ४६ करोड ८१ लाख रुपैयाँ बढीको कारोबार भएको आज प्रभु बैंकको ३२ करोड १ लाख रुपैयाँ, एनसीसी बैंकको २७ करोड ३१ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २४ करोड ५८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २० करोड ४९ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको १९ करोड ८६ लाख रुपैयाँ, नागरिक लगानी कोषको १८ करोड ९१ लाख रुपैयाँ, नेपाल टेलिकमको १७ करोड ३२ लाख रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्सको १६ करोड ८७ लाख रुपैयाँबराबरको कारोबार भयो।   

Share this with your friends: